Tue. Mar 18th, 2025

धादिङको फुलखर्कमा केयर नेपालको सार्वजनिक सुनुवाइ

uttari dhading 1

२ चैत, धादिङ – गत वैशाख १२ गतेको विनाशकारी भुकम्पपछि उद्धार राहत र पुनस्थापनको कार्यक्रम संचालन गरिरहेको केयर नेपालले फुलखर्क गाउँ विकास समितिमा गरेको कामहरुको सार्वजनिक सुनुवाइ गरेको छ ।

सार्वजनिक सुनुवाइमा फुलखर्क गाउँ विकास समितिमा गरेका कामहरु र त्यसमा लागेको सम्पूर्ण खर्चको विषयमा केयर नेपालका हरेराम लोहनीले प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी केयर नेपालको सहयोगमा सहयात्री समाजले हरियो वन कार्यक्रम अन्तरगत गरेका कामहरुको विषयमा सहयात्री समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले सार्वजनिक सुनुवाइका सहभागीहरुलाई जानकारी गराएका थिए ।

सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार बैशाख १२ गतेको भुकम्प लगत्तै अस्थायी आवास निर्माण गर्नको लागि फलखर्क गाउँ विकास समितिका ११ सय ५ घरधुरीको लागि जस्तापाता, त्रिपाल, टुलकिट लगायतका सामाग्रीहरुको लागि १ करोड ६९ लाख ११ हजार ६०१ रुपैया खर्च गरिएको छ । त्यस्तै न्यानो सहयोग कार्यक्रम अन्तरगत जाडो महिनामा न्यानो कपडा खरिद गर्नको लागि जिल्ला दैवि प्रकोउ उद्धार समितिले परिचय पत्र दिएका फुलखर्कका सवै घरधुरीलाइ १ करोड ७२ लाख ६६ हजार ९ सय ७ रुपैया खर्च गरिएको छ ।

uttari dhaidng 2

त्यसैगरि खानीपानी, सरसफाइ तथा स्वछन्दता सहयोग कार्यक्रम अन्तरगत भुकम्पले भत्काएका खानीपानी धारा तथा शौचालयहरु मर्मत गर्नको लागि ३६ लाख ३८ हजार ५ सय ३४ रुपैया खर्च गरिएको छ । त्यस्तै खाद्यसुधार तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्तरगत, तरकारी तथा गहुँमकैका वीउविजनहरु, बङगुर तथा बाख्रापालनका लागि २५ लाख ८५ हजार ६ सय ६० रुपैया खर्च गरिएको छ ।

कार्यक्रममा केयर नेपालले फुलखर्कमा गरेका कामहरुप्रति रहेका गुनासो तथा स्थानियहरुले राखेको जिज्ञासाको विषयमा केयर नेपालका कार्यक्रमम ब्यवस्थापनक त्रिभुवन पौडेल र हरेराम लोहनीले प्रष्ट पारेका थिए ।

सार्वजनिक सुवनाइ कार्यक्रमलाइ सम्वोधन गर्दे जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक एव. प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदी, नेपाली काँङग्रेस धादिङका सभापति रमेश धमला, नेकपा एमालेका उपसचिव शम्भु थापा, एनेकपा माओवादीका अध्यक्ष रामबहादुर भण्डारी लगायतले स्थानिय स्तरमा गरेका कामहरुको विषयमा स्थानीयहरुलाइ नै जानकारी दिने उद्देश्यले गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम निकै नै प्रशंसायोग्य भएको बताएका थिए ।

गत बैशाख १२ गते भुकम्प गए लगत्तै धादिङ जिल्लामा आइ स्थानिय संघ सस्थाको सहयोग तथा जिल्ला दैवि प्रकोप उद्धार समितिको समन्वयमा आपतकालिन राहत र पुनस्थापनको काम सुरु गरेको केयर नेपालले अहिले फुलखर्क लगायत धादिङका अन्य ५ वटा गाउँ विकास समितिहरु सल्यानटार, मुलपानी, बुढाथुम, बसेरी र आगिन्चोकमा पुननिर्माणका चरणहरुमा कामगर्ने योजना साथ आवास, खाने पानी तथा सरसफाई र स्वच्छता, स्वास्थ्य र पोषण, खाद्य सुरक्षा तथा जीविकोपर्जन सुधार, लैङ्गिक हिंसा न्यूनिकरण तथा संरक्षणका क्षेत्रहरुमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ ।

About The Author

अन्य समाचारहरु: