Mon. Mar 17th, 2025

चलचित्र ‘नाई नभन्नु ल ४’ को प्रोमो यस्तो छ (भिडियो सहित)

nai na vannu la 4

२ चैत,  धादिङ – बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ४’ को प्रोमो रिलिज गरिएको छ ।

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको चौंथो फिल्मको रुपमा ‘नाईं नभन्नु ल ४’ निर्माण भएको । सोमबार एक कार्यक्रमकाबीच फिल्मको प्रोमो रिलिज गरिएको हो। विकास आचार्य निर्देशित चलचित्रमा पल शाह, वर्षा राउत, आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, शिशिर भण्डारी तथा अनुभव रेग्मीको मूख्य भूमिका रहेको छ।

निर्देशक आचार्यको कथामा सामिप्यराज तिमल्सिनाले फिल्मको पटकथा र संवाद तयार पारेका हुन्। यसचलचित्र यही चैत्र २६ गते देशव्यापी रिलिज हुँदैछ। विगतका तीन वटा चलचित्रले जस्तै यसचलचित्रले पनि व्यवसायिक रुपमा सफल हुने विश्वास गरिएको छ ।

About The Author

अन्य समाचारहरु: