१ चैत, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको पिडा गाँउ विकास समितिको वडा नं १ गजुरीमा सोमबार साँझ बसले कारलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् ।
काठमाण्डौ बाट धादिङतर्फ आउदै गरेको बा ३ ख ७५४४ को ग्रामिण यातायातको वसले विपरित दिशाबाट जाँदै गरेको बा १० च ३२३३ नम्वरको कारलाइ ठक्कर दिदाँ दुर्घटना भएकोे हो ।
दुर्घटनामा परी कारमा सवार ६ जना नै घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाण्डौँ पठाइएकोे छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक भने फरार रहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।