१ चैत, धादिङ – धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा क्याम्पसमा अधययनरत ६० जना भन्दा बढी विद्यार्थीहरुले रक्तदान गरेका छन् । नेपाल जुनियर रेडक्रस सोसाइटीको सहयोगमा निलकण्ठ बहुमुखी क्याम्पस धादिङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
देशैभर रगतको अभाव भइरहेको बेलामा क्याम्पसमा गरिएको रक्तदान कार्यक्रमले थोरै भएपनि पीडितको घाउमा मलम लगाउन मद्धत हुने आयोजकले जनाएको छ ।