१ चैत, धादिङ – नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सकिएको छ । २५ जना केन्द्रिय सदस्य चयन भएका छन् । मतगणनामा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी खुमबहादुर खड्का र प्रकाशमान सिंहले क्रमशः दोस्रो र तेस्रो बढी मत पाएका छन् ।
विजयी हुने कांग्रेसका खुलातर्फका केन्द्रीय सदस्यहरु–
१. शेखर कोइराला (१८४८)
२. खुमबहादुर खड्का (१८४३)
३. प्रकाशमान सिंह (१७९५)
४. कुलबहादुर गुरुङ (१७७३)
५. प्रदीप गिरी (१७२५)
६. प्रदीप पौडेल (१७०९)
७. धनराज गुरुङ (१६९७)
८. रमेश लेखक (१६८९)
९. पूर्णबहादुर खड्का (१६८६)
१०. विमलेन्द्र निधि (१६८०)
११. बलबहादुर केसी (१६७४)
१२. महेश आचार्य (१६६९)
१३. बालकृष्ण खाँड (१६६४)
१४. विश्वप्रकाश शर्मा (१६२०)
१५. सुजाता कोइराला (१६१९)
१६. डा. रामशरण महत (१६११)
१७. शंकर भण्डारी (१५४७)
१८. एनपी साउद (१५४७)
१९. ज्ञानेन्द्रबहादुर कार्की (१५०२)
२०. गोपालमान श्रेष्ठ (१४९९)
२१. चन्द्र भण्डारी(१४९२)
२२. डा. प्रकाशशरण महत (१४९१)
२३. बद्री पाण्डे (१४८५)
२४. डा. नारायण खड्का (१४६४)
२५. डा. मिनेन्द्र रिजाल (१४२०)