सरिता श्रेष्ठ / १ चैत, धादिङ – यस वर्षको प्रवेशिका परीक्षा एसएलसीका लागि धादिङमा २६ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ । परीक्षा आउदो चैत १८ गतेदेखि सुरु हुँदैछ ।
अघिल्लो वर्ष २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएकोमा यस वर्ष ५ वटा थप गरी २६ वटा निर्धारण गरिएको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थीको संख्या वृद्धि भएका कारण परीक्षा केन्द्र पनि थप गरिएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।
जिल्ला शिक्षा कार्यलय धादिङका शाखा अधिकृत डिल्लीराम रिजालका अनुसार यस वर्ष सिद्देश्वर उमावि नलाङ, सुनखानी मावि चैनपुर,जनजागृति उमावि थाक्र्रे, गणेशकुण्ड उमावि दार्खा र त्रिपूरासुन्दरी उमावि सल्यानकोट परीक्षा केन्द्र थप गरिएको हो ।
एसएलसी परीक्षाका लागि यस वर्ष महेशधर्म उमावि जीवनपुर, मच्छिन्द्र उमावि खानीखोला,े्र, महाकाली उमावि सिम्ले, बागेश्वरी उमावि बैरेनी, जनकल्याण उमावि बैरेनी मासटार, आदर्श उमावि गजुरी निर्धारण गरिएको छ ।
त्यस्तै बागेश्वरी उमावि रिचोकटार, चन्द्रोदय उमावि विशालटार, मिन्दुका मावि नलाङ, देउराली मावि ससाह, नीलकण्ठ उमावि धादिङबेसी, शमिभन्ज्याङ उमावि मैदी, संस्कृत तथा साधारण उमावि मैदी, रानीपौवा उमावि सल्यानटार, अचने उमावि खहरे, बद्रीविशाल उमावि बुढाथुम रहेको छ ।
त्यसैगरी मण्डली उमावि फूलखर्क, तामाङखर्क उमावि गुम्दी, महेन्द्रबाराही उमावि कटुञ्जे, बच्छलादेवी उमावि सत्यदेवी, बालमन्दिर मावि धादिङबेसी, रहेको छ ।
यस वर्ष एसएलसी परीक्षामा जिल्लाभरका १ सय ५२ विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समावेश गरिएको छ ।