१ चैत कास्की – पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को परराष्ट्र मन्त्रीस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । आउँदो बिहीबारसम्म चल्ने बैठकमा सार्क सदस्य राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र अफगानिस्तानका मन्त्रीहरु सहभागी हुनेछन् ।
सोमबार पहिलो दिन कार्यक्रम समितिको बैठक हुनेछ जसमा सार्क राष्ट्रका सहसचिवहरु सहभागी हुनेछन् । यसैगरी मंगलबार सचिवस्तरीय बैठक हुनेछ । बिहीबार मन्त्रिस्तरीय बैठक बस्ने तालिका छ ।
बैठकमा १८ औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, पहिलेका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ । बैठकको तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि राम्रो रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले बताए।
पोखरा विमानस्थलदेखि बैठक स्थल एक किलोमिटरको दूरीमा रहेको र त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी मिङ्गमार लामाले बताए।