१ चैत, काठमाण्डौ– नोट फोहोर नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश चोलेन्द्रशमशेर राणाके एकल इजलासले आइतबार नेपाल राष्ट्र बैंक , अर्थ मन्त्रालय र नेपाल सरकारका नाममा यस्तो आदेश दिएको हो । ‘पैसाको नोटमा अब आइन्दा स्टिच गर्न, केरमेट गर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
नेपाल राष्ट्र बैंकले विभिन्न समयमा नोटमा नेलेख्न र स्टिच नलगाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए पनि त्यसको पालना भएको थिएन । सर्वोच्चको आदेशपछि सो व्यवस्था बाध्यकारी भएको छ । नयाँ पत्रिका दैनिकबाट