२९ फागुन, धादिङ – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको शुक्रबारको निर्णय अनुसार शनिबार एकैपटक ६९ जना डीएसपीहरुको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधान ट्राफिक महाशाखा रामशाह पथमा पुगेका छन् । धादिङमा एसपी शरद कुमार खत्री आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रधान कार्यालय समाचार शाखाका सोमेन्द्रसिंह राठौर महानगरीय प्रहरी बृत्त लैनचौर सरुवा गरेका छन् ।
इलामबाट प्रकाश रानाभाट ललितपुर परिसर आएका छन् भने गुल्मीका रबिन्द्र रेग्मी काठमाडौं परिसरमा आएका छन् ।