२७ मंसिर, धादिङ – भैरवी वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १३ औँ वार्षिक साभारण सभाको अवसर पारेर ६१ जना असल ऋणीहरुलाई करुवा उपहार दिएको छ ।
जिल्ला बचत संघका अध्यक्ष कृष्णलाल उप्रतीको प्रमुख आतिथ्यमा आज धादिङबेसीमा सम्पन्न साधारण सभामा असल ऋणीहरुलाई सम्मान गरिएको हो ।
साधारण सभाकै अवसरमा २०७१ सालको प्रवेशिका परीक्षा एस.एल.सी मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यहरुका छोराछोरीहरु ३२ जनालाई सम्मान समेत गरिएको थियो । कुल सेयर पूँजी ५७ लाख ६७ हजार ५ सय रहेको भैरवी सहकारी २०५७ साल चैत १४ गते स्थापना भएको हो । वि.स. ०७१ कात्तिक मसान्त सम्म ३ सय १ जना महिला, ५ सय ६० जना पुरुष र ४ संस्था सेयर सदस्य गरी कूल ८ सय ६५ जना सेयर सदस्य रहेको सहकारीमा १९२ जना बाल बचतकर्ता रहेका छन् ।
त्यसैगरी यूनिटी सहकारी संस्था लि.को ५ औ वार्षिक साधारण सभामा ५ जना असल व्यवसायीहरुलाई सम्मानीत भएका छन् ।
जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन रसिला अमात्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २०७१ सालको प्रवेशिका परीक्षा एस.एल.सी मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यहरुका छोराछोरीहरु २ जनालाई सम्मान समेत गरिएको थियो ।
स्वास्थ्यकर्मीहरु मात्र सेयर सदस्य रहेको यस सहकारीको कूल पूँजी ६६ लाख ४० हजार ९ सय रहेको छ । वि.स.२०६४ भदौ १७ गते स्थापना भएको यस सहकारीमा ९८ जना सेयर सदस्यहरु रहेका छन् ।