Sun. Mar 16th, 2025

पत्नी जिस्काएको रिसमा साथीको हत्या

hattya२८ फागुन, काठमाण्डौ – पत्नीलाई जिस्काएको रिसमा सुर्खेतका घनश्याम आचार्यले नवलपरासीका दयाराम ढकालको हत्या गरेका छन् ।

डिल्लीबजारमा सँगै सुरक्षा गार्डका काम गर्दै आएका आचार्य र ढकाल लामो समयदेखि साथीसाथी थिए ।

बुधबार पत्नी मधुलाई जिस्काएको भन्दै आचार्यले ढकाललाई कुटपिट गरेर हत्या गरेपछि उनी आफैं प्रहरी शरणमा पुगेका थिए ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार मधुले पहिला पनि ढकालले आफूलाई जिस्काउँदै आएपछि प्रहरीमा उजुरी दिन पतिसँग अनुरोध गरेकी थिइन् । तर, उनले हत्या नै गरिदिए ।

About The Author

अन्य समाचारहरु: