Sun. Mar 16th, 2025

प्राज्ञिक विद्यार्थी परिषद्को छैठौं राष्ट्रिय अधिवेशनको तयारी तीब्र

pragik
२७ फागुन,  धादिङ – प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको काठमाडौमा हुने छैठौं राष्ट्रिय अधिवेशनको तयारी तीब्र पारिएको छ ।

आगामी चैत्र ६,७ र ८ गते हुने राष्ट्रिय अधिवेशनको प्रचार प्रसार कार्यलाई परिषद्ले तिव्रता दिएको छ । अधिवेशनलाई लिएर परिषद्ले देशका विभिन्न ठाउँहरुमा आर्थिक सङकलन, भित्ते लेखन, पर्चा पम्फलेट, पोष्टर टाँस्ने, झण्डा तयार गर्ने लगायतको कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ ।

काठमाडौं महानगर इकाई तथा बिभिन्न जिल्ला इकाइ, नगर इकाई, क्याम्पस इकाई समितिले आ–आफ्नो प्रयासमा परिषद्को छैठौं राष्ट्रिय अधिवेशनमा सहभागी हुनका लागि उत्साहका साथ तिव्र तयारीमा लागेको आयोजक कमिटिले जानकारी दिएको छ ।

देशको वर्तमान अवस्था र यसको निकास , शिक्षा क्षेत्रको वर्तमान अवस्था, राष्ट्रिय सुरक्षा सामाजिक समरसता, पर्यावरण, धर्मनिरपेक्षेता र धर्मान्तरण, उद्यमशीलता विकासको अवधारणा लगायतका महत्वपूर्ण विषयवस्तुहरुमा उक्त अधिवेशन केन्द्रित रहनेछ । साथै सो अधिवेशनबाट राष्ट्रिय महत्वका विषयमा प्रस्तावहरु समेत पारित हुनेछन्  ।

अधिवेशनमा उद्घाटन सत्र, शोभायात्रा, खुलाअधिवेशन , भाषण समानान्तर सत्र निर्वाचन सत्र लगायतका महत्वपूर्ण कार्यक्रम रहने प्रचार प्रसार प्रमुख प्रमोद कुशवाहले जानकारी दिए । शान्ति र समृद्धिका लागि परिषद्को छैठौं राष्ट्रिय अधिवेशन भन्ने मुल मर्मका साथ हुन लागेको अधिवेशनमा परिषद्का विभिन्न स्तरका कार्यकर्ता, पदाधिकारी, अतिथि एवं विदेशी अतिथि लगायत ५०० भन्दा बढि प्रतिनिधिको सहभागिता रहनेछ ।

परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेलले यो एक राष्ट्रिय अधिवेशन मात्र नभई देशको समग्र युवावर्गको नेतृत्ववान व्यक्तिहरुको उपस्थिति हुने भएकाले यस छैठौँ अधिवेशनबाट देशको चिन्तन, मन्थन गरि राष्ट्रलाई सहि दिशानिर्देष गर्ने बाटो तर्फ युवाहरु लाग्न उपयुक्त वातावरण भएको उल्लेख गरे । विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले देशैभरबाट सहभागी हुने अधिवेशन प्रतिनिधि तथा अतिथि स्वागतका लागि ब्यवस्थित ब्यवस्था गर्न आफुहरू लागि परेको केन्द्रिय सदस्य तथा काठमाडौँ  जिल्ला संयोजक एवं छैठौं राष्ट्रिय अधिवेशनका ब्यबस्था प्रमुख विकाश अधिकारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: