२७ फागुन, नुवाकोट-क्रसर उद्योग सञ्चालकले तारुका क्षेत्रमा त्रिशूली नदीको बहाव परिवर्तन गरेर जथाभावी ढुंगा बालुवा उत्खनन गरिरहेका छन् ।
जिल्ला विकास समिति, नुवाकोटको अनुमति लिएर आफूले नदीजन्य पदार्थ उत्खनन गरिरहेको व्यवसायी बताउँछन् ।
नदीमा बाँध थापेर बहाव नै परिवर्तन गरी गिटी बालुवा निकाल्ने कार्य भइरहे पनि यस विषयमा अनुमति दिने जिविस, नुवाकोटका अधिकारी भने बोल्न चाहेनन् ।
क्रसर उद्योग तथा ठेकेदारलाई नदीबाट गिटी बालुवा ढुंगा झिक्न अनुमति दिएको विषयमा जानकारी माग्दा स्थानीय विकास अधिकारी नारायण रिमाल केही बोल्न चाहेनन्। नागरिक दैनिकबाट
–