Sun. Mar 16th, 2025

हाजिर जवाफ प्रतियोगीतामा कंकालीनी आमा समूह प्रथम

quix constant

२६ फागुन,  धादिङधादिङको गजुरीमा भएको गाविस स्तरीय हाजिरजवाफ प्रतियोगीतामा कंकालीनी आमा समूह प्रथम भएका छन् । गजुरी गाँउ विकास समितिको वडा ७ मा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको प्राङगणमा भएको प्रतियोगीतामा गजुरी गाविसका ८ वटा समूहहरुको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा मंकाल्नी आमा समूह द्धितीय, मंकाल्नी आमा समूह क तृतीय र लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था सान्तवना भएका छन् ।

त्यस्तै धादिङको बेनिघाट गाविसको वडा नं ८ बाहुनटारमा पनि हाजिरजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा आमा समूह सञ्जाल प्रथम, बाल क्लब बेनिघाट द्धितीय, सुनार गााउ खान्पानी उपभोक्ता समिति तृतीय र सुन्दरदीप किशोरी समूह बी सान्त्वना भएका छन् । प्रतियोगीतामा ११ वटा समूहहरुको सहचागीता रहेको थियो ।

प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहहरुलाई क्रमश १८ सय, १५ सय, १२ सय र १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

१ सय ६ औँ अन्र्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगीता अक्फाम नेपालको सहयोगमा फोकस नेपाल, प्रयास नेपाल, शान्ति नेपाल र लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा गरिएको हो । 

About The Author

अन्य समाचारहरु: