Tue. Nov 26th, 2024

अब सातै प्रदेशमा तेल भण्डारण बनाइने

oil-corporetion२५ फागुन, काठमाडौं – मुलुक संघीय संरचनामा गएपछि पेट्रोलियम पदार्थको बिक्री-वितरण सहज बनाउन आपूर्ति मन्त्रालय सातैंवटा प्रदेशमा नेपाल आयल निगमको भण्डारण बनाउने तयारीमा जुटेको छ ।

पहिलो चरणमा तीन ठाँउमा भण्डारण बनाउने निर्णयमा पुगेको निगमलाई मन्त्रालयले सातवटै प्रदेशमा बनाउन निर्देशनपछि अध्ययन अघि बढाएको छ ।

नुवाकोटको विदुर-बेत्रावती, तनहुँको खैंरेनी र काभ्रेको बनेपा-पाँचखालमा डिपो निर्माण गर्न दाता खोजिरहेको निगमलाई धनगढी, सुर्खेत, दाङ, बागलुङ, डोटी, खोटाङ, र झापामा भण्डारण बनाउन मन्त्रालये निर्देशन दिएको हो ।

देश संघीयतामा गएकोले त्यसकै आधारमा इन्धन भण्डारण गर्ने योजना अघि बढाएको आपूर्तिमन्त्री गणेशमान पुनले बताए ।

चीनबाट इन्धन ल्याउने तयारीसँगै तीन ठाउँमा ढिपो निर्माण गर्न चीनसँग ओपचारिक रुपमा आग्रह गर्ने निगमले तयारी थालेको छ । नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: