२५ फागुन, धादिङ – आज मार्च ८ गते अर्थात १ सय ६ औँ अन्तराष्ट्रिय नारी दिवस । विश्वभर अन्र्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको अवसरमा धादिङ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।
दिवसको अवसरमा धादिङबेसीमा नेपाल सहित आठ राष्ट्रका २ सय कलाकारहरले नृत्य प्रस्तुत गर्नेछ । धादिङ उद्योग वाणिज्य संघ महिला उद्यामी विकास समितिको आयोजना तथा जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
पर्यटन प्रवद्र्धनमा सहयोग, कला संस्कृति जगेर्ना गर्न उत्प्रेरित गर्ने र महिलाको नेतृत्वका विकासमा सहयोग हुने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक विष्णु श्रेष्ठले जानकारी दिइन् ।
आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले विभिन्न ¥याली, गोष्ठी तथा अन्र्तक्रिया लगायतका कार्यक्रमको आयोजना गरेका छन् ।
सन् १९११ को मार्चमा अन्तराष्ट्रिय महिला दिवस मनाए यता संसारभर मार्च ८ मा यो दिवस मनाउन थालिएको हो । सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्धमा आवाज उठाएका थिए । यसरी उठ्दै आएको आवाज सन् १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकोले न्यूयोर्कमा एउटा गार्मेण्ट फ्याक्ट्रिमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो कार्य घण्टा १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ ।
यसरी सन् १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाँउमा समाजवादी महिलाहरुले प्रथम अन्र्तराष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए । उक्त सम्मेलनले श्रमिक महिला संठनको स्थापना ग¥यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेटकिनले गरेकी थिइन । उक्त सङगठनमार्फत् सन् १९०८ मा महिलाले भोट दिन पाउनुपर्दछ भनी विभिन्न विरोध प्रदर्शन गर्न थाले । यसरी सन् १९१० मा डेनमार्कको कायन हेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न ग¥यो । उक्त सम्मेलन सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्र्तराष्ट्रिय नारी दिवस भनी प्रत्येक राष्ट्रका महिलाले मनाउन थालेका हुन् भन्ने विश्वास छ ।