Tue. Nov 26th, 2024

मृगौला पीडितलाई धादिङ समाज युएईको आर्थिक सहयोग

kidney-600x0

२४ फागुन, धादिङ – दुई वटै मृगौला पीडित धादिङका एक जनालाई धादिङ समाज युएईले आर्थिक सहयोग गरेको छ ।

दुई वटै मृगौला खराब भएका कारण काठमाडौंमा उपचाररत आगिञ्चोक धादिङका कृष्ण शाही ठकुरीलाई समाजले आर्थिक सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएको भन्दै ठकुरीको उपचारका लागि सामाजिक सञ्जालबाट सहयोगको अपिल गरिए अनुसार धादिङ समाज युएईले आर्थिक सकंलन अभियान सन्चालन गरेको थियो ।
अभियान मार्फत जम्मा गरेको ४० हजार नेपाली रुपैयाँ समाजका अध्यक्ष भिमकुमार अधिकारीले ठकुरीलाई नै हस्तान्तरण गरेको हो ।

समाजले यसअघि पनि मृगौला पीडित धादिङकै गौतम लामिछानेलाई एक लाख ११ हजार आर्थिक सहयोग गरेको थियो भने युएईमा समस्यामा परेका धेरै नेपालीलाई समेत सहयोग गर्दै आएको छ ।

About The Author

अन्य समाचारहरु: