Sun. Mar 16th, 2025

क्रान्तिकारी पत्रकार संघ धादिङको अध्यक्षमा नारायण सिलवाल

narayan silwal

२२ फागुन, धादिङ – क्रान्तिकारी पत्रकार संघ धादिङको अध्यक्षमा नारायण सिलवाल चयन भएका छन् ।

संघको शनिबार धादिङबेसीमा भएको दोस्रो जिल्ला सम्मेलनले आगामी दुई वर्षका लागि सिलवाललाई अध्यक्ष पदमा चयन गरेका हुन् ।

संघको उपाध्यक्षमा अर्जुन खतिवडा र ठाकुर गुरुङ, सचिवमा बद्री अधिकारी, कोषाध्यक्ष सन्तोषराज श्रेष्ठ, सहसचिवमा बाबुराम श्रेष्ठ र सञ्जय देवकोटा चयन भएका छन् ।

शनिबार भएको जिल्ला सम्मेलनले अध्यक्ष सहित १३ जनाको कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । भने केन्द्रिय अधिवेशनका लागि १४ जना पार्षद चयन गरिएको छ ।

About The Author

अन्य समाचारहरु: