Sun. Mar 16th, 2025

धादिङमा आठ राष्ट्रका कलाकारले नृत्य प्रस्तुत गर्ने

magar day 4

२२ फागुन, धादिङ – अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङ फागुन २५ गते नेपाल सहित आठ राष्ट्रका २ सय कलाकारहरले नृत्य प्रस्तुत गर्ने भएको छ ।

धादिङ उद्योग वाणिज्य संघ महिला उद्यामी विकास समितिको आयोजना तथा जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको तयारीलाई तीब्र पारिएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग, कला संस्कृति जगेर्ना गर्न उत्प्रेरित गर्ने र महिलाको नेतृत्वका विकासमा सहयोग हुने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक विष्णु श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा ८ राष्ट्रका कलाकारहरुको नृत्य प्रस्तुत, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले महिलाहरुमा बनाएको क्रासलाई केही हदसम्म भए पनि कम गराउनका लागि नेपाल सहित बंगलादेश, इन्डानेसिया, भारत लगायतका देशका कलाकारहरुले मनोरञ्जन दिने आयोजक समितिका सदस्य चिनामाया श्रेष्ठले जानकारी दिइन् ।

महिलाहरुको समस्याको बारेमा एउटै अवधारणा बनाउने र आवश्यकताको बारेमा विवेचना गर्न संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

About The Author

अन्य समाचारहरु: