Wed. Mar 5th, 2025

संविधानको कार्यन्वयनमा एकजुट हुनुपर्छ : गृहमन्त्री बस्नेत

Shakti-basnet२२ फागुन, धादिङ – ६५ वर्षदेखिको नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त संविधानको कार्यान्वयनमा सबै लाग्नुपर्ने गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

जनताको प्रतिनिधिहरुको संविधानसभाले बनाएको नेपालको पछिल्लो संविधान विश्वका संविधानहरु भन्दा अघिल्लो सूचिमा रहेको पनि गृहमन्त्री बस्नेतले जिकिर गरे ।

क्रान्तिकारी पत्रकार संघ धादिङको दोश्रो जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले सरकारको पहिलो दायित्व सम्बिधानको कार्यन्वन भएको बताए ।

गृहमन्त्री बस्नेतले कुनै पार्टीको महाधिवेशनले सरकार निर्माण र परिवर्तन नहुने पनि बताएका छने । पार्टीको अधिवेशनहरुले उसको आन्तरिक जीवन र पार्टी सञ्चालनका नीति बनाउने बताउँदै गृहमन्त्री बस्नेतले मुलुकमा राष्ट्रिय सरकारको आवश्यकता भने रहेको धारणा व्यक्त गरे ।

उनले राज्यको चौथो अंग पत्रकारहरुले राज्यको प्राथमिकता र सम्वृद्धिका विषयमा समाचार सम्प्रेशण गर्न आग्रह पनि गरे । भूकम्पको पीडामा रहेका नागरिकहरुलाई पारदर्र्शि ढंगबाट छिटो छरितो सेवा प्रदान गर्न धादिङका कार्यलय प्रमुखहरुलाई निदेशन समेत दिए ।

About The Author

अन्य समाचारहरु: