Sun. Mar 16th, 2025

शिक्षालाई व्यवहारिक बनाउनुपर्छ : प्रा.डा.विद्यानाथ कोईराला

biddha
२२ फागुन, धादिङ – प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शिक्षालाई सैद्धान्तिक भन्दा पनि व्यवहारिक बनाउनु पर्ने बताएका छन् ।

धादिङको जिवनपुर ५ छापडाँडामा रहेको महाँकालेश्वरी माध्यमिक विद्यालयको ३१ औँ वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सबैलाई सैद्धान्तिक शिक्षा भन्दा पनि व्यावहारिक शिक्षामा जोड दि आग्रह गरे ।

कार्यक्रमको प्रमुख आतिथी समेत रहेका डाक्टर विद्यानाथ कोईरालाले देशको परिस्थिति अनुसार शिक्षालाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

वार्षिक उत्सव कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै स्थापनाकाल देखि अहिले सम्म विद्यालयलाई योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ विद्यालयका प्रध्यानाध्यापक नवराज धितालले बताए ।

About The Author

अन्य समाचारहरु: