२१ फागुन, काठमाडौं, – एसिया कप टी ट्वेन्टी क्रिकेटमा यूएई भारतसँग ९ विकेटले पराजित भएको छ । सबैभन्दा कम ओभरमा जीत निकालेको यो भारतको टी ट्वेन्टी क्रिकेटमा रेकर्ड हो । यसअघि टी ट्वेन्टी खेलमै गएकाे फेब्रुअरी १४ मा श्रीलंकाले दिएको ८३ रनको लक्ष्य भारतले ९ विकेटकै क्षतिमा १३ ओभर ५ बलमा पूरा गरेको थियो ।
बंगलादेशको शेरे बंगाल स्टेडियममा टस जितेर व्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८१ रन बनाउन सक्यो । यूएईका साइमन अनवरले सर्वाधिक ४३ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यूएईले प्रस्तुत गरेको ८२ रनको लक्ष्य भारतले एक विकेटको क्षतिमा ५९ बल बाँकी रहदै भेट्टायो । भारतले १० ओभर एक बलमा नै आफ्नो लक्ष्य भेट्टाएको हो । यूएईसँगको खेल अगावै फाइनलमा पुगेको भारत चारै खेलमा जित निकाल्दै ८ अंकसहित तालिकाको शिर्ष स्थानमा कायमै छ । समान चार खेल खेलेको यूएईले भने अहिलेसम्म एउटामा पनि जित निकाल्न सकेको छैन । भारत ८ अंकसहित शिर्ष स्थानमा, बंगलादेश ६ अंकसहित दोस्रो, श्रीलंका र पाकिस्तान २/२ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।उज्यालो अनलाईन खबरबाट