Wed. Mar 5th, 2025

महाधिवेशन उद्घाटनमा पौडेल र देउवाले हातै मिलाएनन्

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन सत्र निकै अस्तव्यस्त देखिन्थ्यो ।

कार्यक्रम सञ्चालक निकै अलमलमा परे । हरेक कार्यक्रम शुरु गदर्जा शहीदहरुप्रति सम्मान र राष्ट्रियगानबाट शूरु गर्ने परम्परा रहेको छ । तर, त्यसलाई ख्यालनै गरिएन ।

शुरुमा गाउनुपर्ने राष्ट्रिय गान बनाउँदा बसेका सबैले उठन नै भ्याएनन् । महाधिवेशनमा शुभकामना दिन आएका स्वदेशी एवं विदेशी पाहुनाहरु काक्रक्रम सञ्चालनमा देखिएको अलमल र अस्तव्यस्तताप्रति कानेखुशी गरिरहेका थिए ।

निर्धारित समयभन्दा ढिलो शुरु भएको कार्यक्रमको शूरुमाका पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल मञ्चमा देखिए । कार्यक्रम शुरुभएको आधा घण्टापछि सभापतिमा उम्मदवारी घोषणा गरेका देउवा आँउदा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी हुन आएका अतिथीहरुलाई कांग्रेसले सामानय व्यढाज र खादासमेत व्यवस्था गरेको थिएन ।
महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेल र देउवाले हात मिलाउन मानेनन् ।

यस्तै देउवाले कार्यवहाक सभापति पौडेललाइ सहितका नेतालाई भाषणमा सम्बोधन गरे पनि पौडेलले भने देउवालाई सम्बोधन नै गरेनन् ।

About The Author

अन्य समाचारहरु: