२६ मंसिर, धादिङ- चेपाङ बालबालिकालाई कुपोषण हुनबाट बचाउनको लागि बच्चाका चेपाङ महिलाहरुलाई सर्बोतम पिठो बनाउने तरिका सिकाइएको छ ।
धादिङको पिंडा गाउँ विकास समितिमा रहको चेपाङ महिलाहरुलाई गाउँघरमै सहज रुपमा पाईने अन्नपातबाट सर्बोतम पिठो बनाउने तरिका सिकाइएको हो । बालबालिकाहरुलाई कुपोषण हुनबाट बचाउने उद्देश्यले धादिङको पीडा गाउँ विकास समितिको वडा नम्बर ६ गट्टेगाँडाका चेपाङ महिलाहरुलाई सर्बाेत्तम पिठो बनाउन सिकाइएको हो ।
युनाइटेड मिसन टु नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम अन्तर्गत महिलाहरुलाई घरमै पाइने अन्न तथा गेडागुडीबाट सर्बाेत्तम पिठो बनाउन सिकाइएको हो । बजारमा किनेर खुवाइने खाजामा बालबालिकाहरुको लागि चाहिने प्रर्याप्त पौष्टिक तत्व नपाइने र त्यसले बालबालिकाहरुका लागि फाइदाजनक नहुने भएकोले घरायसी अन्न र गेडागुडीबाट सर्बाेत्तम पिठो बनाउन सिकाइएको प्रयास नेपालका सामाजिक परिचालक निर्मला श्रेष्ठले बताउनुभयो ।
गाउँघरमा पाइने मकै, गहुँ, कोदो लगायतको अन्न र भटमास, चना, केराउ लगायतको खाद्य सामाग्री मिसाएर बनाएको सर्बाेत्तम पिठोबाट उमेर अनुसार विभिन्न किसिमका परिकार खुवाउँदा बालबालिकाको स्वास्थ्य राम्रो हुने सामाजिक परिचालक रुपा अर्यालले बताउनुभयो । घरायसी अन्न र गेडागुडीको प्रयोगबाट बनेको खानेकुरा खुवाउने बानीले परिवारमा आर्थिक भार कम हुने पनि उहाँले बताउनुभयो ।
सर्बाेत्तम पिठो बनाउन सिकेका महिलाहरुले आफ्ना बालबालिकालाई सधै सर्बाेत्तम पिठोबाट बनाएको खानेकुरा खुवाउने प्रतिवद्धता जनाएका छन् । सर्बाेत्तम पिठो साना बालबालिकाहरुलाई मात्र नभई स्कुल पढ्ने बालबालिकाहरुलाई पनि खुवाउन सकिन्छ ।