१९ फागुन, धादिङ – समग्र नागरिकको सुरक्षित र सम्मानपुर्वक बाँच्न पाऊने अधिकारको प्रत्याभुति हुने गरी भुकम्प प्रभावितको माग संबोधन गर्न सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल धादिङले सरकारसंग आग्रह गरेका छन् ।
हाम्रो सवाल हाम्रो नेतृत्व, महाभुकम्पबाट प्रभावित समुदायको सम्मानपुर्वक पुनर्वास पुनस्र्थापना तथा सवाल विषयक पत्रकार सम्मेलन गरी सञ्जालले भुकम्प प्रभावितको माग संबोधन गर्न माग गरेको हो । सञ्जालले बुधबार नै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीलाई प्रेस विज्ञप्ती पनि बुझाएको छ ।
प्रेस विज्ञप्तीमा भुकम्पबाट पीडित परिवारलाई नेपाल सरकारले घोषित गरेको पुर्नवास र पुनः स्थापनाका लागि सहयोग रकम यथाशिघ्र सरल, शुलभ र सहज रुपमा गाऊँ तथा नगर स्तरमै प्रदान गरिनुपर्ने, विपद् पश्चात हराएका आवश्यक कागजातहरु जन्मदर्ता नागरिकता लालपुर्जा विवाहदर्ता शैक्षिक प्रमाणपत्र सहज रुपमा पुनः उपलब्ध गराऊने व्यवस्था गरिनुपर्ने लगायतका माग समेटिएको छ ।
त्यस्तै पुनः निर्माण र पुनःस्थापनाका कार्यलाई गतिशिलता दिन नेपाल सरकारद्धारा गठित राष्ट्रिय पुनः निर्माण प्राधिकरणलाई अझै क्रियाशिल बनाइनुपर्ने लगायतका माग प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्ती पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जनताको माग संबोधनमा सदैव लाग्ने बताए ।
सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल धादिङले विपद् उत्थानशिल समुदायको विकासमा योगदान पु¥याऊने लक्ष्यका साथ विपद् प्रभावित समुदायको सुनिश्चित अधिकारका लागि सरकार तथा सम्पुर्ण सरोकारवाला संग सहकार्य गर्दै आइरहेको सञ्जालका अध्यक्ष नारायण तिमिल्सेनाले जानकारी दिए ।