Thu. Mar 6th, 2025

कांग्रेसका सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

Congress-Flag

१७ फागुन, काठमाडौं –  नेपाली कांग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ ।

महाधिवेशन सुरु हुन तीन दिन बाँकी हुँदा क्षेत्रीय अधिवेशन सकिएको हो । क्षेत्रीय अधिवेशन हुन बाँकी रहेका रसुवा र महोत्तरी ३ नम्बर क्षेत्रमा सोमबार अधिवेशन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसअघि केन्द्रीय समितिले गत माघ २२ गते २४० वटै निर्वाचन क्षेत्रमा अधिवेशनको तिथि तोके पनि विभिन्न कारणले यी क्षेत्रमा अधिवेशन हुन सकेको थिएन । क्षेत्रीय अधिवेशन आजदेखि सकिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

‘कांग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् । त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ,’ उनले भने ।

पछिल्लो पटक क्षेत्रीय अधिवेशन सकिएका र विवाद रहेका गरी १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने समितिले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: