१७ फागुन, धादिङ – गाँउमा कम्प्यूटर शिक्षा अभियान संस्थाले दाङमा रहेको विद्यालयमा कम्प्यूटर सहयोग गरेका छन् ।
संस्थाको पूर्व घोषित कार्यक्रम अन्र्तगत दाङमा रहेका विद्यालयलाई ६ थान कम्प्यूटर सहयोग गरेका हुन् । दाङको सरस्वती मा बि हासीपुरलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सहयोग प्रदान गरेको संस्थाका सदस्य सुवास पाठकले जानकारी दिए ।
कप्यूटर सहयोग पाइसकेपछि विद्यार्थी तथा शिक्षक खुसी भएका छन् । गाँउमा कम्प्यूटर शिक्षा अभियानले देशभरका विभिन्न विद्यालयहरुलाई कम्प्यूटर सहयोग गरिरहेका छन् ।