Sun. Mar 16th, 2025

नेपाल–भारत सीमाका सयवटा सीमास्तम्भको मर्मत सम्पन्न

stamba१७ फागुन, कपिलवस्तु – नेपाल–भारत सीमाका एक सय सीमास्तम्भ मर्मत गरिएको छ ।  सीमाविज्ञ, सर्वेक्षक र  सुरक्षाकर्मीको संयुक्त टोलीले कपिलवस्तु  सीमामा रहेका  १०० वटा सीमास्तम्भको मर्मत सम्भार सम्पन्न गरेको जनाएको छ ।

दुई पक्षीय टोलीले कपिलवस्तु जिल्लासँग सीमा जोडिएको नेपाल–भारत सीमाको ५४४–१ देखि ५८९ सम्मका मुख्य सीमास्तम्भ (मुख्य पिलर), सब्सिडायरी पिलर र सहायक सीमास्तम्भ ९माइनल पिलर० को मर्मत सम्भारको कार्य सुरु गरेर सयवटाको मर्मत सम्भार गरेको हो ।

सीमास्तम्भ मर्मत गर्ने कार्यमा नेपालको टोलीले बिजोडा र भारतीय टोलीले जोडा नम्बरको सीमास्तम्भको मर्मत सम्भार गर्ने जिम्मा पाएको छ । हालसम्म दुवै टोलीले ५०–५० वटाका दरले एक सयका हाराहारी पुराना सीमास्तम्भ मर्मत र नभएका स्थानमा नयाँ सीमास्तम्भ बनाउने कार्य गरेको नापी विभागका प्रमुख नापी अधिकृत तथा नेपाली टिमका लिडर निर्मलकुमार आचार्यले बताए ।

गत मङ्सिर महिनाको अन्तिम साताबाट सुरु गरिएको मर्मत सम्भारकार्य आउँदो जेठ महिनासम्म चल्ने आचार्यले उल्लेख गरे ।

मर्मत सम्भारका लागि खटिएको दुई पक्षीय पहिलो टोलीले पिलर अनुगमन गर्ने, मर्मत गर्ने वा नयाँ बनाउनेबारे अवस्था मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने, पिलर भएका स्थानबाट दुवै मुलुकतर्फ ९ दशमलव १४४ मिटर सीमा क्षेत्र मिचिएको वा नमिचिएको अवलोकन गर्ने र सोअनुरुप नक्साङ्कन गर्ने कार्य गर्दछ ।

पहिलो टोलीको प्रतिवेदनका आधारमा अर्को टोलीले आवश्यक मर्मत सम्भारसँगै नयाँ पिलर निर्माणको कार्यसमेत गर्दै आएको छ ।

अहिले सीमामा रहेका स्तम्भ निर्माण र मर्मत सम्भारका लागि दुवै मुलुकका आठ–आठजनाको टोली खटाइएको छ । नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा तीनजना नापी अधिकृत र सर्वेक्षक गरी आठजनाको टोली खटिएको छ । दुवैतर्फको टोलीमा नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) को टोलीको नियमित निगरानी हुने गरेको छ । रासस

About The Author

अन्य समाचारहरु: