Sat. Mar 15th, 2025

प्रिमनसुन सुरु हुन लागेकाले केही दिन बदली हुने

 change-weather-dsc_2970-4-2-300x206१७ फागुन, काठमाडौं,  – मनसुनको सुरुवाति चरण अर्थात प्रि मनसुन सुरु हुन लागेकाले अब केही दिन मौसम बदली हुने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका धेरै ठाउँमा आइतबारदेखि नै मौसम बदली भएको छ ।

उपत्यकाका केही ठाउँमा सोमबार बिहान केहीबेर पानी परेको थियो । बेलुकीपख धेरै ठाउँमा पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पनि काठमाडौं उपत्यका र आसपास तथा पूर्वका केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार मंगलबारदेखि मौसममा सुधार आउनेछ । आइतबारको वर्षाले मनसुनी गतिविधि सुरु भएको संकेत पनि देखिएको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार उच्च वायुमण्डलमा सामान्य न्यूनचापीय क्षेत्रको विकाससँगै स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका पूर्वी भेगका केही ठाउँमा पानी परेको हो ।

‘सोमबार अपराह्नपछि मेघ गर्जनसहित उपत्यका तथा आसपासका क्षेत्र र पूर्वी भेगका एक÷दुई स्थानमा पानी पर्ने सम्भावना देखिन्छ, मङ्गलबारदेखि मौसममा सामान्य सुधार आउनेछ’ ।

उज्यालो अनलाईनबाट

About The Author

अन्य समाचारहरु: