Fri. Jan 31st, 2025

बार्सिलोना २–१ ले विजयी, रियल मड्रिड भन्दा १२ अंकले अघि

 barsa १७ फागुन  – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले ८ अंकको अग्रता कायम गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २–१ ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सी र जेराड पिकेले एक एक गोल गरे । सेभिल्लाका माचिन पेरेजले एक गोल गरे । २० औं मिनेटमा पेरेजले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि मेस्सीले बराबरी गोल फर्काएपछि पहिलो हाफमा खेल १–१ को बराबरी भयो । दोस्रो हाफको तेस्रो मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लियो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना २–१ ले विजयी भयो । जितपछि बार्सिलोनाको २६ खेलबाट ६६ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान २६ खेलबाट ५८ अंक छ । तेस्रो स्थानको रियल मड्रिड बार्सिलोना भन्दा १२ अंकले पछि छ । उसको २६ खेलबाट ५४ अंक मात्रै छ । बार्सिलोनासँग पराजित भएको सेभिल्ला २६ खेलबाट ४१ अंक सहित छैटौं स्थानमा छ । आइतबार  राति नै भएका अरु खेलमा भिल्लारियलले लेभान्टे तथा एथ्लेटिको बिल्बाओले भ्यालेन्सियालाई समान ३–० ले हरायो । यस्तै ग्रनाडाले डिप्रोटिभो डी ला कोरुनालाई १–० ले हरायो ।

About The Author

अन्य समाचारहरु: