१६ फागुन, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका ४ कुसुन्डेमा अस्थाई शिविर खडा गरी बसोबास गरिरहेका भुकम्प पीडितहरुलाई जापानी नागरिक तामोरा तेचुओले अत्यावश्यकीय राहत सामाग्री सहयोग गरेका छन् ।
ओसाका समाज जापान मार्फत विश्वका विभिन्न ठाउँका प्रकोप पीडितलाई सघाउँदै आएका जापानी नागरिक तामोराले कुसेन्डे शिविरका ३८ भुकम्प पीडित परिवारलाई ग्याँस चुलो र भरिएको सिलिण्डर सहयोग गरेका छन् ।
त्यसै गरी उनले ६३ परिवारलाई एक एक बोराका दरले चामल, प्याकेट नुन र तेल सहितका राहत सामग्री वितरण गरेका छन् । कुसुन्डे शिविरका भुकम्प पीडितको सहयोगार्थ संयोजन कार्य गर्दै आएका चलमान मम्बाका अनुसार तामोराले केहि दिन पछि जापान जाने र छिट्टै नेपाल फर्किएर पीडित परिवारको स्थायी बसोबासका लागि पुर्ननिर्माणमा समेत सघाउने प्रतिबद्धता जनाएका छन् ।