Sat. Mar 15th, 2025

धादिङबेसीमा यसरी मनाइयो मगर दिवस (फोटोसहित)

magar day 1
१५ फागुन, धादिङ – ३४ औं मगर दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा शनिबार सदरमुकाम धादिङबेसीमा मौलिक कौडा नाच प्रतियोगिताको आयोजना गरिएको थियो ।

magar day 2

प्रतियोगीतामा निलकण्ठ नगरपालिका समुह ए ले उत्कृष्ट हुन सफल भएको छ । नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङले आयोजना गरेको प्रतियोगितामा अन्य ६ समुहलाई पछि पार्दै निलकण्ठ नगरपालिका समुह ए ले प्रथम स्थान हात पारेको हो ।

magar day 3

त्यस्तै निलकण्ठकै सांखु सोह्रघर समुहले द्धितिय र नेपाल मगर विद्यार्थी संघ निलकण्ठले तृतीय र सलाङ ९ मा रहेको परिवर्तनशिल क्लबले सान्त्वना स्थान हाँसिल गरेका छन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र सहित नगदद्धारा पुरस्कृत गरिएको थियो ।

magar rally

प्रतियोगिता सुरु हुनु अघि सलाङ, पिडा र महादेवस्थानका मगर पञ्चेबाजा समुह, झाँकी संगै गाऊँगाऊँका मगर समुदायले सम्पुर्ण मगर एक हौँ, सबै सहिद अमर रहुन् लगायतका नारा लेखिएको प्लेकार्ड सहित पुछारबजारबाट ¥याली निकालिएको थियो ।

magar day 4magar day 5magar day 6

About The Author

अन्य समाचारहरु: