Sat. Mar 15th, 2025

सरकारले मर्नु न बाच्नुको दोसाँधमा राख्यो : भूकम्प पीडित

bhukampa
१५ फागुन,  धादिङ – सरकारले भुकम्प पीडित जनतालाई मर्नु न बाँच्नुको दोसाँधमा राखेको धादिङ ज्यामरुङका पीडितहरुले गुनासो गरेका छन् ।

जनताको विचल्ली भएको १० महिना पूरा भइसक्दा समेत सरकारले ठोस् निर्णय गरेर पुननिर्माणको काम सुरु गर्न नसकेको भन्दै पीडितहरुले सरकारप्रति अविश्वास प्रकट गरेका हुन् । शुक्रबार ज्यामरुङको चामभञ्ज्याङमा आयोजित गाविस स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सरकारले दिने भनेको २ लाखले मापदण्ड अनुसार तत्काल घर निर्माण सुरु गर्नै नसक्ने बताएका छन् ।

भुकम्पपछि मानवीय सहायता, पुननिर्माण र विकासका कामहरुको बारेमा नागरिकको गुनासो सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले इन्सेक, सहयात्री समाज नेपाल र ज्यामरुङ गाविस कार्यालयको समन्वयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले वर्षातको समय सुरु हुन लागिसक्दा सरकारको पुननिर्माणको नीतिप्रति अन्यौल नै रहेकोले पैसा भएर पनि घर बनाउने काम थाल्न नसकिएको र कष्टकर दैनिकी विताउन परिरहेको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: