१५ फागुन, धादिङ – धादिङको तसर्फु गाँउ विकास समितिमा संचालन भएको आर्य आर्जन मूलक कार्यक्रमको गरिबी निवारण कोष धादिङका कार्यक्रम प्रवन्धक अनिल खनालबाट अनुगमन गरिएको छ ।
तसर्फु गाविसका विभिन्न वडाहरुमा रहेको जलदेवि सामाजिक परिवार/सामुदायिक संस्था, सहारा सामाजिक परिवार/सामुदायिक संस्था, प्रगतिशिल सामाजिक परिवार/सामुदायिक संस्था, शान्ति प्रिया सामाजिक परिवार/सामुदायिक संस्था, म्हेनदोला फोले सामाजिक परिवार/सामुदायिक संस्थामा अनुगमन गरिएको हो ।
आय आर्जन कार्यक्रम समग्र विकास सेवा केन्द्रको संयोजन तथा गरीवी निवारण कोषको सहयोगमा सञ्चालन भइरहेको छ ।
खनालले समग्र विकास सेवा केन्द्रद्धारा संचालनमा रहेका सामाजिक परिवार/सामुदायिक संस्थाहरुको अवलोकन गर्दै आगामी दिनमा समुहहरुमा आर्य आर्जनमूलक कार्यक्रमहरु संचालन गर्नको लागि आवश्यक तयारी गर्न सुझाव दिए । संस्थाले गरेका क्रियाकलाप तथा गतिविधिहरु सन्तोषजनक भएको भन्दै आगामी दिनमा यी समुहहरुले बढि भन्दा बढि आर्य आर्जन गर्नको लागि के कस्ता क्रियाकलापहरु गर्दा अझ बढि भन्दा बढि कसरी फाईदा लिन सकिन्छ भन्ने विषयमा समुहहरुसंग अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा समग्र विकास सेवा केन्द्रका कार्यक्रम संयोजक कवि पुडासैनी, सामाजिक परिचालकहरु सुभद्रा तामाङ र तुल ब. तामाङको पनि सहभागीता रहेको थियो ।