Sat. Mar 15th, 2025

बाग्मतीबाट नौ टन फोहर उठाइयो

fohor

१५ फागुन, काठमाडौँ – प्रवित्र बाग्मती नदीलाई मरेका चौपाया र फोहर फाल्ने डस्टबिन नबनाउन अपिल गरिएको छ ।

बाग्मती सफाइ महाअभियानको १४६ औँ साताअन्तर्गत सुविधानगरस्थित नदीबाट आज मरेको केही कुकुरसहित नौ टन फोहर उठाइएको छ ।

नदी वरपरका बस्तीबाट फ्याँकिएको प्लास्टिकजन्य फोहरलाई उठाउने तथा सड्ने खालको फोहरलाई सङ्कलन गरेर नष्ट गर्ने काम हुँदै आएको छ ।

सफाइ अभियानमा वरपरका बस्तीबाट आशा गरेअनुरुपको सहभागिता अहिलेसम्म भएको देखिँदैन ।

नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलको अगुवाइमा बाग्मती सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ ।

सफाइ अभियानमा खासगरी पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, अरु सङ्घसंस्था र व्यक्तिले सघाउँदै आएका छन् ।

सफाइ अभियानका क्रममा बाग्मती पुगेका विद्यार्थीलाई अभियन्ता पौडेलले बाग्मती सम्यताको इतिहास र नदीको महत्वबारेमा जानकारी दिने काम सुरु गर्नुभएको छ । रासस

About The Author

अन्य समाचारहरु: