Tue. Nov 26th, 2024

नयाँ शिक्षा नीतिबारे राष्ट्रिय परामर्श हुने

१५ फागुन काठमाण्डौ– शिक्षा मन्त्रालयले नयाँ शिक्षा नीति तर्जुमा र राष्ट्रिय शिक्षा आयोग गठनका सम्बन्धमा सार्वजनिक बहस सञ्चालन गरेको छ ।

नयाँ संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गराउन र शिक्षाको गुणस्तर सुधारका लागि नयाँ शिक्षा नीतिको माग भएको सन्दर्भमा मन्त्रालयले आयोग गठनको तयारी गरेको हो ।

व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पनि आयोग गठन गर्न निर्देशन दिएको थियो भने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्यसका लागि आफू प्रतिबद्ध भएको जनाउँदै आउनुभएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले बहसका क्रममा यही फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नयाँ शिक्षा नीति र आयोग गठनबारे सरोकार भएकासँग राष्ट्रिय परामर्श कार्यक्रम हुँदैछ ।

About The Author

अन्य समाचारहरु: