१५ फागुन,काठमाण्डौ- संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी देउवा पक्षबाट महामन्त्रीमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ । संस्थापन पक्षमा नपाएपछि केसी देउवा पक्षमा गएर महामन्त्रीको उम्मेदवार हुन लागेका हुन् ।
उनका ज्वाइँ युवा नेता गगन थापा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने भएका छन् । थापाले पनि आफ्नो तयारी तीव्र पारेका छन् । थापाले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवार हुने तयारी गरेका हुन् । देउवा पक्षबाट ससुरा उम्मेदवार बन्ने भएपछि थापा पारिवारिक अप्ठ्यारोमा परेका छन् ।