Thu. Mar 6th, 2025

कांग्रेसमा प्यानल बनाउन नेताको तानातान

 ramchandra-and-Sher-bahadur-deuba१५ फागुन, काठमाडौं – सात दिनपछि राजधानीमा सुरु हुने कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व लिदन सभापतिका आकांक्षी आ-आफ्ना प्यानल बनाउने कसरतमा जुटेका छन् ।

कार्यवहाक समापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहाद्र देउवा निकटकालाई भागबन्डा मिलाएर उम्मेदवारी घोषणाको तयारीमा भएको छ ।

सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको साझा उम्मेदवार बन्ने कसरतलाई तीब्र बनाएका कार्यवहाक सभापति रामचन्द्र पौडेलको प्रयास सफल भएको छैन । सभापतिका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेतृ सुजाता कोइराला अडानमा कायमै छन् ।

पौडेलले बिहीबार र शुक्रबार पनि सभापतिका आकांक्षीलाई समेटेर साझा उम्मेदवार बन्ने प्रयास साझा उम्मेदवार बन्ने प्रयास जारी राखेपनि सिटौलासहितका नेता सभापति उम्मेदवारीको अन्तिम तयारीमा जुटेका छन् । सवै सभापतिका उम्मेदवार आफ्ना पक्षमा प्यान बनाउन नेता तानातान गरिरहेका छन् ।
नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: