१४ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।को-पाइलट सन्तोष राना
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले अनलाइनखबरसँग भने-बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ । प्रजिअ श्रेष्ठका अनुसार अहिले श्री एयरको हेलिकोप्टर घटनास्थल पुगेको छ ।