Sat. Mar 15th, 2025

धादिङमा मसानघाट र वधशालाको अनुगमन हुने

 aaaaaaaaaaaaaaaaa  १४ फागुन, धादिङ–धादिङको विभिन्न स्थानका मसानघाट र पशु वधशालाको अनुगमन गरी त्यसको व्यवस्थापनलाई योजनाबद्ध रूपमा अगाडि बढाईने भएको छ । धादिङ, चितवन लगायत काठमाण्डौँ महानगरपालीकाको विभिन्न स्थानमा रहेका मसानघाट र पशु बधशालाको अनुगमन गरिने भएको छ ।

सञ्चालनमा रहेको धेरै मसानघाट र वधशाला नियमभन्दा बाहिर रहेकाले उचित व्यवस्थापनका खाँचो रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो ।     उहाँका अनुसार अनुगमनपछि मसानघाट सञ्चालन गर्नेहरूसँग छलफल गरी पुनःनिर्माणमा सघाइने छ । अनुगमनका क्रममा मसानघाट र वधशालाको लगत पनि अद्यावधिक गरिनेछ ।

About The Author

अन्य समाचारहरु: