Thu. Mar 6th, 2025

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकिकरणको नजिक पुगेको छ : मन्त्री तामाङ

raprara 1१३ फागुन, धादिङ –राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकिकरणको नजिक पुगेको राप्रपा नेपालका महामन्त्री एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको धादिङ जिल्ला स्तरीय दुई दिने प्रशिक्षक कार्यक्रममा बोल्दै मन्त्री तामाङले एकिकरणका लागि पहलका कार्य भइरहेको र अब छिट्टै एक हुने दाबी गरे । पार्टीमा भएका कमीकमजोरीलाई मनन गरी छिट्टै सुधार गरेर स्थानीय निकायको निर्वाचनमा अब्बल सावित गर्ने समेत तामाङको भनाई छ ।

raprara 2

बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम बिहिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । तालिम अवधिभर राप्रपाका सहमहामन्त्री भुवन पाठकले पार्टीको नेतृत् वगर्ने तरिका, सहि गलत छुट्टाउने तरिका, पार्टी कमजोर बनेका कारण कसरी अगाडि बढ्न सकिन्छ लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए  ।

About The Author

अन्य समाचारहरु: