Sat. Mar 15th, 2025

अधिकारीको संयोजकत्वमा धादिङमा मानवअधिकार सञ्जालको निर्माण

sitaram adhikari१३ फागुन,  धादिङ – धादिङमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि सीताराम अधिकारीको संयोजकत्वमा मानवअधिकार संजालको निर्माण गरिएको छ ।

मानवअधिकार, भूकम्पपछि मानबीय सहायता र  पुर्ननिर्माण विषयमा छलफल वहस मानवअधिकार अनुगमन गरी सरोकारवालाहरुलाई सुझाव दिनका लागि विहिबार अधिकारीको संयोजकत्वमा  जिल्ला स्तरमा १३ सदस्यीय मानवअधिकार संजालको निर्माण गरिएको हो ।

सञ्जालमा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, सहयात्री समाजका राधिका सापकोटा, वरिष्ट मानवअधिकारकर्मी रमेश अधिकारी, दलित सेवासंघका अध्यक्ष श्याम मगराती, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, दलित महिला संघका अध्यक्ष विमला नेपाली, अपाङ्ग महिला संघका सम्झना रिजाल, समग्र विकास सेवा केन्द्रका कबि पुडासैनी, दलित समाज कल्याण संघका बलबहादुर सुनार लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितता रहेको छ ।

मानवअधिकार संजालको निर्णय अनुसार ज्यामरुङ गाविस कार्यालयमा फागुन १४ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरिएको छ ।

सरकारले लागु गरेको विभिन्न कार्यक्रमसंगै पुनरनिर्माण सम्बन्धी विषय र मानवअधिकारका विषयहरुमा छलफल तथा अनुगमन र सरोकारवालाहरुलाई मानवअधिकारप्रति ध्यान दिन आग्रह गर्नेछ ।

About The Author

अन्य समाचारहरु: