Fri. Mar 14th, 2025

धरहरा पुनर्निर्माण विवादः सम्झौता पालना नगर्ने कम्पनि हटाउन परामर्श

dharahara१३ फागुन, काठमाडौं – नाफा कमाउने कम्पनीलाई धरहराको जिम्माबाट हटाउन काठमाडौं महानगरपालिकाले कानुनी परामर्श सुुरु गरेको छ ।

यसका लागि महानगरले कानुनी सल्लाहकारसहितको टोलीसँग बुधबार छलफल सुरु गरेको छ । महानगरपालिका स्रोतका अनुसार महानगरपालिकाका ४ कानुनी परामर्शदाताले दुई दिनभित्र यसको कानुनी प्रक्रियाको सल्लाह दिने बुधबार तय भएको हो । वैशाख १२ को भूकम्पले धरहरा भत्किँदा ५० जनाभन्दा बढीको मृत्यु भएकालाई पनि क्षतिपूर्ति दिलाउनका लागि कानुनी उपचार खोज्ने बैठकमा उपस्थित एक स्रोतले भन्यो ।

‘आज(बुधबार)कानुनविदसँग सल्लाह गरिएको छ, स्रोतले भन्यो, उपयुक्त सुझावसहित २ दिनभित्र लिखित जानकारी आइपुग्छ,’ महानगरबाट २० वर्षका लागि धरहरा क्षेत्र व्यवस्थापन जिम्मा पाएको उक्त कम्पनिले ऐतिहासिक एवं पुरातात्विक धरहरा क्षेत्रलाई व्यापारीकरण गरेको भन्दै स्थानीयले कम्पनीलाई हटाएर धरहरा पुनर्निर्माण गर्न दबाब दिएपछि महानगरपालिकाले यस्तो सुझाव निकाल्न लागेको स्रोतको दाबी छ ।

यसबारे महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने केही बोल्न चाहेनन् । तर, उनले बैठक सुरु भएको जानकारी दिए ।

‘समस्याको उचित समाधानका लागि कानुनी परामर्श खोजेका हौं,’ उनले भने, ‘उपयुक्त सुझावसहित केही दिनमा हामी तयार हुन्छौं ।’
नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: