१२ फागुन, धादिङ – धादिङको नौबिसे – १ मा रहेको सिद्धार्थ ग्यास उद्योगबाट ३ सय २ वटा अवैध ग्यास सिलिण्डर जफत गरिएको छ ।
नमूना परीक्षण गर्दा सिलिन्डरमा आधा मात्र ग्यास भेटिएकोले उद्योगलाई नै सिलबन्दी गरेका हुन् । कम्पनीले हाइड्रोलिक नगरी लेदो जमेको सिलिन्डर बजार पठाएको गरेको पनि अनुगमनका क्रममा भेटिएको छ ।
ग्यास बिक्रि वितरणमा अनियमिता भएको गुनासा आउन थालेपछि छड्के अनुगमनमा निस्किएका आपूर्ति मन्त्री गणेशमान पुनले बुधबारसिद्धार्थ ग्यास उद्योगमा सिलबन्दी गरेका छन् ।
सिद्धार्थ ग्यास उद्योगमा थप ५ सय भन्दा बढी सिलिन्डर प्रयोग गर्न नमिल्ने अवस्थामा भेटिएको छ । ति सिलिन्डरहरू प्रयोेग गर्न नमिल्ने भनेर थन्काइए पनि उद्योेग धनि रामचन्द्र सांघाइले जवरजस्ति प्रयोगमा ल्याउन दबाब दिएको कर्मचारीहरूले बताएका छन् ।