Sat. Mar 15th, 2025

बैदेशिक रोजगारको कारण परिवारमा परेको मनोसामाजिक असर कम गर्न धादिङमा मनोपरामर्श सेवा सुरु

gosti१२ फागुन, धादिङबेसी– बैदेशिक रोजगारको कारण परिवारमा परेको मनोसामाजिक समस्या कम गर्ने उद्देश्यले धादिङमा सन्चालन भईरहेको सामी परियोजना  अन्तरगत मनोपरार्श कार्यको सुपरीवेक्षण गरीएको छ ।

 हेल्भेटास स्विस ईन्टरकोअपरेशनको साझेदारीमा चन्द्रज्योती एकीकृत ग्रामिण विकास समाज सिड्स धादिङबाट सन्चालनई भईरहेको सुरक्षित आप्रवासन सामी परियोजना अन्र्तगत सन्चालन भएको मनोसामाजिक परामर्श कार्यको स्थलगत सुपरिवेक्षण गरीएको हो ।

  मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिईरहेका ४ जना सामाजिक कार्यकर्ताहरुको कार्यक्षमता बढाउने उद्देश्यले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालका सुपरभाईज करुणा कुवंर र स्मृती घिमीरेले स्थलगत सुपरिवेक्षण गर्नुभएको हो । बैदेशिक रोजगारको कारण स्वयम कामदार, उसको परिवारका सदस्यहरुलाई विभिन्न मनोसामाजिक असर पर्ने हुँदा त्यस्ता असरलाई कम गराई उनीहरुको दैनिक कार्यसन्चालनलाई फलदाई बनाउने उद्दश्यले धादिङमा मनोपरामर्श सेवा सन्चालन भईरहेको छ ।

  पछिल्लो सयम वैदेशिक रोजगारको कारण समाजमा मनोसामाजिक असरहरु बढ्दै गईरहेको छ । बैदैशिक रोजगारको कारणले परिवारमा पर्ने असर कम गर्नको लागी सिड्स धादिङले जिल्लाका विभिन्न गाउँ विकास समितिमा मनोपरामर्श सेवा सन्चालन गरीरहेको छ ।

रामकुमार थापा, पवित्रा रानामगर, अम्बिका उप्रेती र सानुमाया अर्याल ६ महिने तालिममै रहनुभएको छ । ६ महिना पश्चात यी चारजनाले साईकोसोसल काउन्सेलीङको रुपमा जिल्लाभर काम गर्ने छन्  ।

About The Author

अन्य समाचारहरु: