Sat. Mar 15th, 2025

कुकुर नियन्त्रण गर्न तीनवर्षीय योजना

kukur  १२ फागुन, काठमाण्डौ – काठमाडौँ महानगरपालिकाले निकट भविष्यमा नै सामुदायिक  कुकुरलाई व्यवस्थापन गर्ने भएको छ ।

विभिन्न स्थानमा छाडा रूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक कुकुर उत्पादन भएकाले नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अव्यवस्थित रूपमा रहेका कुकुरका कारण मानिसको स्वास्थ्यमा समेत विभिन्न असर परेकाले यसलाई नियन्त्रण गर्न लागिएको हो । अबको पाँच दिनपछि कुकुरको तथ्याङ्क सङ्कलनसुरु गरिने तयारी रहेको महाशाखाले बताएको छ ।

कुकर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र  महानगरपालिका दुवैको सक्रियता रहने छ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । रेबिज रोग लागेको नलागेको र अन्य रोगको पनि तथ्याङ्क लिने बताइएको छ । महानगरका ३५ वडामा सञ्चालन गर्न लागिएको अभियान तीन वर्षीय योजना अन्तर्गत पर्छ ।

About The Author

अन्य समाचारहरु: