Thu. Mar 6th, 2025

अनेरास्ववियुका पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण

Nabina-Lama-1
११ फागुन, धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीलाई मंगलबार जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

पुरानो कमिटीका तर्फबाट अध्यक्ष किशोरविक्रम मल्लले नवनिर्वाचित अध्यक्ष नवीना लामालाई पद हस्तान्तरण गरेका हुन् ।

नयाँ कमिटीका तर्फबाट १४२ सदस्यीय कमिटीका हाल काठमाडौँँमा उपलब्ध भएका सबै पदाधिकारीले मंगलबार पदबहाली गरेका छन् । अनेरास्ववियुको माघ २८ देखि फागुन ९ गतेसम्म भएको २२औँ राष्ट्रिय सम्मेलनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेकपा एमालेको विद्यार्थी फाँटका इन्चार्ज रवीन्द्र अधिकारीले अब मुलुकमा समृद्ध नेपालका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने खालको शिक्षा प्रणाली अपनाउनुपर्ने बताए ।

उनले कुनै पनि क्षेत्रबाट राष्ट्र निर्माणमा लाग्न सकिने शिक्षा अबको पुस्तालाई सिकाउनुपर्नेमा जोड दिँदै राजनीति, कूटनीति, प्रशासन, कृषि, उद्योगका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि अनेरास्ववियुले अन्य विद्यार्थी सङ्गठन तथा विकास सम्बद्ध संस्थासँग समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिए ।

रामकुमारी झाँक्री पछि नवनिर्वाचित दोस्रो महिला अध्यक्ष लामाले देशमा गुणस्तरीय र व्यावसायिक शिक्षा कायम गराउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

About The Author

अन्य समाचारहरु: