Thu. Feb 27th, 2025

मेलम्चीमा बाँदर आतङ्क, किसान हैरान

monkey-eating-corn-in-nepal-200x300

११ फागुन, मेलम्ची – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा पछिल्लो समयमा बाँदरले तरकारीखेती तथा धान उत्पादनका लागि राखिएका बीउबिजन नष्ट गर्न थालेपछि कृषकलाई हैरानी बढन थालेको छ ।

जिल्लाको मेलम्ची नगरपालिका वडा नं १२, १३ तथा उत्तरी गाविस थाङ्पालकोट, भोताङमा पछिल्लो समय बाँदरको बिगबिगी बढेसँगै कृषकले निकै दुःख खेप्नुपरेको मेलम्ची नगरपालिकाका कृषक तुलाराम दाहाल बताउछन् ।

विभिन्न किसिमका कीटनाशक औषधि प्रयोग गरेर निकै मेहनत गरी उत्पादन गरेको बीउबिजन तथा तरकारीखेतीको उत्पादनका लागि राखिएको काउली, गोलभेँडा, बन्दाकोपीलगायतका बेर्ना बाँदरले नष्ट गर्ने गरेकाले किसान चिन्तित बनेको टोमशङ्खर दुलाल बताउछन् ।

आलु उत्पादनका लागि महिनौँ लगाएर विभिन्न औषधि प्रयोग गरी गोडमेल गरी निकै मेहनतका साथ खट्यो तर बाँदरको बथानले उक्त आलुखेती एकैछिनमा नष्ट गरिदिएको अर्का कृषक हेमराज खतिवडाले गुनासो गरे ।

रातभर चिसोमा बाँदर कुरेर बस्न नसकिने बिहान सबेरै उठेर तरकारीखेतीको संरक्षणका लागि जान पनि नभ्याउने भएकाले दुःख गरेर उत्पादन गरेको सबै तरकारी बाली बाँदरले दिनप्रतिदिन नष्ट गर्ने गरेको खतिवडाको भनाइ छ ।

बाँदरको उचित व्यवस्थापन गर्न नसकेकै कारणले पहिलेको तुलनामा तरकारी उत्पादनमा निकै कमी आएको कृृषकको भनाइ छ । बाँदरले यसरी दुःख दिँदै आएको र अब कसरी व्यवस्थापन गर्न सकिन्छ स्थानीयवासी र प्रशासनले छिटोभन्दा छिटो ध्यान दिएर उचित व्यवस्थापनमा लाग्नुपर्नेमा कृषकले जोड दिएका छन् । रासस

About The Author

अन्य समाचारहरु: