११ फागुन, काठमाडों – रोजगारीमा मलेसिया पुगेका पर्सा निर्मलबस्ती घर भएका पदमबहादुर राउत फर्किएको केही दिनमै साढे दुई अर्बभन्दा धरै डलर अपचलको अभियोगमा पक्राउ परेका छन् ।
तीन करोड ३४ लाख ६० हजार २३८ अमेरिकी डलर अपचलन गरेको अभियोगमा अदालतले दुई अर्ब ४८ लाख ६४ हजार रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ ।
सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेलले उनको नाममा कम्पनी खोलेर डलरको अपचलन गरेका हुन् । तर, पौडेलले अदालतबाट सफाई पाएका छन् भने भरिया राउतलाई जरिवाना सुनाइएको हो । नयाँ पत्रिका दैनिक