Sat. Mar 15th, 2025

पत्रकार केशव अधिकारीलाई विकास पत्रकारिता पुरस्कार

keshav adhikari 0१० फागुन धादिङ – पत्रकार केशव अधिकारी विकास पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

जिल्ला विकास समिति धादिङले आयोजना गरेको २३ औँ जिल्ला परिषद्बाट स्वीकृत आंव २०७३/०७४ को नीति, योजना तथा कार्यक्रम बजेट सार्वजनिकीकरण कार्यक्रममा पत्रकार अधिकारी सम्मनित भएका हन् । सम्मानसँगै अधिकारीलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

धादिङ जिल्लामा रहेर वि.स. २०५७ सालदेखि पत्रकारीता क्षेत्रमा क्रिायशिल अधिकारी विभिन्न सञ्चार माध्यममा कार्यरत छन् ।

जिल्ला विकास समिति धादिङले तीनवर्ष अघि घोषणा गरेको विकास पत्रकारीता पुरस्कार यसभन्दा पहिले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सीतारामप्रसाद बर्मा र नेपाल टेलिभिजनका शीव सिलवालले प्राप्त गरेका थिए ।

About The Author

अन्य समाचारहरु: